दफा ४९
अपाङ्गता भएका व्यक्तिप्रतिको सामाजिक उत्तरदायित्व
: (१) प्रतिष्ठान तथा शैक्षिक संस्थाले अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा, रोजगारीका अवसरहरूको सम्बद्र्धन र प्रबद्र्धनका लागि आफ्नो आयबाट तोकिए बमोजिमको रकम सामाजिक उत्तरदायित्व अन्तर्गत
छुट्याउनु पर्नेछ ।
(२) नेपालमा कार्यरत विकासका साझेदार (डेभलपमेण्ट पार्टनर) ले नेपालको विकास कार्यक्रममा खर्च गर्ने कूल रकममध्येबाट अर्थ मन्त्रालयले निर्धारण गरिदिए बमोजिमको रकम अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरण तथा यस ऐन बमोजिमको पुर्नस्थापना सम्बन्धी कार्यका लागि खर्च गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको रकम तोकिए बमोजिम उपयोग गरिनेछ ।
(४) सवारी साधनका धनी वा सञ्चालकले बस, रेल, हवाईजहाज समेतका सार्वजनिक यातायातका साधनमा अपाङ्गता भएका व्यक्तिका लागि तोकिए बमोजिमको सङ्ख्यामा सिट सुरक्षित राख्नु पर्नेछ ।